आयोजनाको काम, कर्तव्य

सुनसरी मोरङ्ग सिंचाइ आयोजनाको स्वरुप र प्रकृति बमोजिम सूनसरी र मोरंग जिल्लाहरुको ६८ हजार हेक्टर कृषियोग्य जमिनमा व्यवस्थित सिंचाइ सूविधा पूर्याई कृषि उत्पादन वृद्धि गर्न सहयोग गर्ने हेतुले यस आयोजना अन्तर्गतका नहर संचालन एवं मर्मत संभार डिभिजनहरु मार्फत सेवा प्रदान गरिएको छ ।  सिंचिंत क्षेत्र विकास गर्ने एवं सिंचिंत क्षेत्रको विकास भएका सिंचाइ प्रणालीहरुको मर्मत संभार एवं व्यवस्थापन गरि सिंचाइ सूविधा उपलव्ध गराउने र कृषकहरुलाई सिंचाइ सम्बन्धि प्राविधिक परामर्श सेवा उपलव्ध गराउने कार्य आयोजनाको प्रमुख सेवा भित्र पर्दछन् । आयोजनाको विशेष कार्यक्रम बमोजिम सुनसरी मोरंग सिंचाइ आयोजनालाई संयुक्त व्यवस्थापन कार्यक्रम अन्तर्गत संचालन गर्ने गरिएको छ । आयोजनाको काम, कर्तव्य र अधिकार तपसिल बमोजिम रहेका छन् ।

  • संबन्धित क्षेत्रमा भएका नहर बाँध तथा अन्य संरचनाहरुको रेखदेख तथा हेरबिचार गर्ने ।
  • जल उपभोक्ता कृषकहरुको माग बमोजिम पानी उपलब्ध गराउन सिंचाइ प्रणालीको संचालन तालिका अध्याबधिक राख्ने र सो बमोजिम नहर संचालन गर्ने ।
  • नहर संचालनको प्रकृयामा मुल नहर, शाखा नहर तथा प्रशाखा नहरहरुमा पानीको बहाबको लगत राख्ने र आबस्यकता अनुसार बिभाग, मन्त्रालय तथा अन्य निकायमा उपलब्ध गराउने ।
  • सिचाइ प्रणाली संचालनमा सम्बन्धित जल उपभोक्ता संस्थाहरुको सहभागिता क्रमिक रुपमा बढाउँदै लैजाने र सिचाइ निति अनुसार ब्यवस्थापन पक्ष क्रमिक रुपमा सम्बन्धित उपभोक्ताहरुलाई हस्तानतरण गर्दै जाने ।
  • आयोजना अन्तर्गत रहेका जल उपभोक्ता संस्थाहरुको लगत अध्याबधिक गरी उनीहरुको संस्थागत बिकासमा सहयोग गर्ने ।
  • सिंचाइ सेवा शुल्कको लगत अध्याबधिक राख्ने र जल उपभोक्ता संस्थाहरुलाई सिंचाइ सेवा शुल्क उठाउन सहयोग गर्ने ।
  • नियमित मर्मत गर्नु पर्ने संरचनाहरुको लगत अध्याबधिक गरी प्राथमिकताको आधारमा संबन्धित जल उपभोक्ता संस्थाको समन्वयमा मर्मत संभार गर्ने गराउने ।
  • आयोजनाको दिगो ब्यवस्थापनको लागि मर्मत संभार र पून निर्माण गर्ने, योजना तर्जुमा तथा बजेट ब्यवस्थापन गर्ने ।
  • सिंचाइ र यसको उपयोग सम्वन्धि अध्ययन, अनुसन्धान तथा सर्भेक्षण गर्ने ।
  • पर्याप्त सिंचाइको लागि कमाण्ड क्षेत्र बिकास गर्ने ।
  • सिंचित क्षेत्रमा बाहै महिना सिंचाइ सुनिश्चिता गराउन नहरमा पानीको बहाब बढाउने, सिल्ट हटाउने, स्पर तथा बैरेजको निर्माण गर्ने ।
  • आयोजना क्षेत्रका जल उपभोकता कृषकको बाली उत्पादन तथा लागत सम्वन्धी बिवरण, तथ्याट्ठ र अभिलेख संकलन गरी ब्यवस्थित रुपमा राख्ने र प्रतिफलको अनुगमन तथा मूल्याट्ठन गर्न प्रभाब अध्ययन गराउने ।