संस्थागत विकास तथा जग्गा अधिग्रहण शाखा

यस शाखाले गर्नुपर्ने कामको प्रकार तपसिल बमोजिम रहेका छन्

क) आयोजनावाट कमाण्ड क्षेत्र विस्तारको क्रममा अधिग्रहण गरिएको जग्गाहरुको नियमानुसार पाउनु पर्ने मुआव्जा वितरण, लगतकट्टा र आयोजना नामको जग्गाको लालपुर्जा प्राप्त गर्ने काम ।
ख) आयोजनावाट उपलव्ध गराइएको पानीले वाली उत्पादनमा के कति बृद्धि भएको छ सो को बाली उत्पादन सर्भेक्षण गर्ने काम ।
ग) आयोजनामा रहेका जल उपभोक्ता संस्थाहरुको संस्थागत विकासको लागी समयैमा जल उपभोक्ताहरुको बार्षिक साधारण सभा गर्न लगाउने, जल उपभोक्ताहरुको समयावधि सम्बन्धमा निगरानी गर्ने ।
घ) पानीपोत असुलीको उचित व्यवस्थापन गर्ने गराउने ।
ड.) कृषकहरुलाई समय समयमा अभिमुखिकरण तालीम, सेमिनारको व्यवस्था गर्ने गराउने ।
च) कृषकहरुलाई वर्षको एक पटक कृषक भ्रमणमा लैजाने काम ।
छ) आयोजनाको आफ्नो जग्गाको सिमांकन गर्ने काम ।
ज) आयोजना निर्देशकवाट समय समयमा दिएको निर्देशन अनुसारको काम