परिचय

नेपाल सरकार तत्कालिन श्री ५ को सरकार र भारत सरकार वीच सन् १९५४ मा कोशी सम्झौता भयो । सम्झौता बमोजिम मोरंग र सून्सरी जिल्लाको करीव ६८००० हेक्टर जमीनमा सिंचाई सूविधा उपलव्ध गराउने उद्देश्यले चतरा नहर सिंचाई योजनाको प्रारुप तैयार गरिएको थियो । सोही अनूसार योजनाको निर्माण कार्य सन् १९६४ मा शूरु भई सन् १९७२ मा सम्पन्न भएको थियो । तत्पश्चात २ वर्ष योजना परीक्षणको रुपमा संचालन गरी भारत सरकारले सन् १९७२ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । चतरा नहर सिंचाई योजना अन्तर्गत कोशी नदीको वायां किनारामा अवस्थित चतरामा साईट इन्टेक बनाई ५३ कि.मि. लामो चतरा मुल नहर तथा १२ वटा शाखाहरु तथा विभिन्न ३६ वटा माईनरहरुको निर्माण गरिएको थियो । त्यतिवेला चतरा मुलनहरको हेड रिच को क्षमता ४५.३ क्युमेक्स रहेको थियो भने हाल मूल नहरको क्षमता ६० क्यूमेक्स रहेको छ। योजना हस्तान्तरण भई आए पछि नेपाल सरकारले यस योजनालाई विभिन्न चरणमा विकाश गर्दै आएको छ र यही विकाशको क्रममा योजनाको नाम परिवर्तन भई सूनसरी मोरंग सिंचाई योजनाको नामले चिनिएको छ । यो योजना नेपालको हाल सम्मको सवै भन्दा ठूलो सिंचाई योजना हो ।