कमाण्ड क्षेत्र विकास

भारत सरकारले यस योजनामा वनाएका मुलनहर, शाखा नहर तथा माईनरहरुवाट कमाण्ड क्षेत्र भित्रको करिव २५ देखि ३५ प्रतिशत जमिनमा मात्र व्यवस्थित सिंचाई सूविधा उपलव्ध थियो । पानी वितरण गर्ने नहरहरु तथा संरचनाहरुको अभावमा वांकी क्षेत्रमा व्यवस्थित सिंचाई सूविधा पूग्न सकेको थिएन । साथै मुलनहरको पानीमा आउने अत्यधिक सिल्टका कारण नहर नहरीहरुमा क्ष्तिबतष्यल को समस्या देखिनूको साथै वर्षामा कोशी नदीमा आउने वाढीको कटानले कमाण्ड क्षेत्र र चतरा मुलनहरलाई खतरा पूर्याउने गरेको थियो । यी समस्याहरुको न्युनीकरण गर्न योजनाले चरणवद्ध रुपमा विश्व वैंकको आर्थिक सहयोगमा कमाण्ड क्षेत्र विकाशको काम गर्दै आएकोछ । हाल सम्म योजनाको ३९,९६१ हेक्टरमा कमाण्ड क्षेत्र विकाशको कार्य भई सकेकोछ ।

प्रथम चरण (Stage I)

अवधि  : आ.व. २०३५।०३६ देखि २०४२।०४३ सम्म ।

मूख्य मूख्य कामहरु

  • सूखसेना शाखा तल शंकरपूर शाखा सम्म्को ९७५० हेक्टर जमीनमा कमाण्ड क्षेत्र विकाश ।
  • कोशी नदी नियन्त्रण्म कार्य ।
  • Sediment Dispose गर्ने २ वटा Vortex Tube निर्माण कार्य ।
  • चतरा मुलनहरको सूधार तथा ड्रेनेजको काम ।
  • कृषि सेवा विस्तार र मेशिनरी औजारको व्यवस्था ।

दोश्रो चरण (Stage II)

अवधि        आ.व. २०४४।०४५ देखि २०५१।०५२ सम्म ।

मूख्य मूख्य कामहरु 

  • झुम्का देखि दूहवी माईनर सम्मको १६६०० हेक्टर क्षेत्रमा कमाण्ड क्षेत्र विकाश ।
  • सेटलिंग वेसिन तथा चतरा मुलनहरको सर्भिस रोड ग्रेभलिंग कार्य ।
  • चतरा मुल नहरको सूधार ।
  • मेशिनरी औजार तथा साधनको व्यवस्था ।

तेश्रो चरण पहिलो फेज (Stage III Phase I)

अवधि        आ.व. २०५४।०५५ देखि २०५९।०६० सम्म ।

मूख्य मूख्य कामहरु 

  • चतरा मुलनहरको सूदिृढिकरण ।
  • विराटनगर शाखा देखि हरिनगरा शाखा सम्मको १३६११ हेक्टर कमाण्ड एरीया विकाशको काम ।
  • कोशी नदीको ५.५ कि.मि. लामो वायां तटवन्ध निर्माण ।
  • वूढि एक्वाडक्टको मर्मत सूधार ।

सूनसरी मोरंग हेडवक्र्स योजना 

अवधि        सन् १९९२ देखि सन् १९९७ सम्म ।

मूख्य मूख्य कामहरु 

  • चतरा नहरको पुरानो इन्टेक देखि १३०० मिटर ग्उकतचभबm मा ६० क्युमेक्स क्षमताको नयां इन्टेकको निर्माण
  • ३ व्यारेलको १००० मी. लामो च्ऋऋ कल्भर्ट ।
  • ३०० मी. लम्बाईको एचभ(क्भततष्लिन द्यबकष्ल ।
  • Regulating Structure देखि Feeder Canal सम्मको ४.५७ डायमीटरको १८० मी. लामो Tunnel को मर्मत ।
  • ९०० मी. लामो ६० मी. चौडाईको Tunnel ।
  • ११ के.भी. विजूलीवाट चल्ने १४ इन्चको Cutter भएका दूइवटा Dredger र Dredge Out गर्ने ५ वटा Jetties ।
  • ३.२ मेघावाट क्षमताको Hydro power Station ।

कमाण्ड क्षेत्र विकाश गर्न वांकी 

सूनसरी तथा मोरंग जिल्लाको करिव २८,००० हे. जमिनमा कमाण्ड क्षेत्र विकास गर्न वाकी रहेको ।