नहर सञ्चालन एवम् मर्मत सम्भार शाखा

यस डिभिनजनले गर्नुपर्ने कामको प्रकार तपसिल बमोजिम रहेका छन्

क) आफ्नो डिभिजनको बार्षिक कार्यक्रम आयोजना निर्देशक समक्ष श्रावण महिना भित्र पेश गर्ने । बजेट प्राप्त गर्ने, सवडिभिजनलाई बजेट बांडफाड गर्ने । लक्ष्य निर्धारण गर्ने ।
ख) डिजाइन चेक गर्ने, अदल बदल गर्ने र एष्टिमटें स्वीकृतिको लागि सिफारिस साथ पेश गर्ने ।
ग) कामको गुणस्तर चेक गर्ने र आवश्यक निर्देशन दिने ।
घ) चौमासिक प्रगति बनाउनका लागि आवश्यक कामको जानकारी खरिद इकाई शाखामा दिने, लेखा संग सम्पर्क राखी यर्थाथ बजेट खर्चको रेकर्ड राख्ने बजेट नियन्त्रण गर्ने, एष्टिमेंटको लगत राख्ने र सनयन्त्रण गर्ने ।
ड.) सर्पोट स्टाफ, भेइकलको रेकर्ड राख्ने, कार्य सम्पादन फारम भर्ने र भर्न लगाउने ।
च) कार्यालयमा अनुपस्थित हुने उपर कारवाही गर्ने र आयोजना निर्देशकलाई जानकारी गराउने ।
छ) आवश्यक्तानुसार कर्मचारीहरुको विदा स्वीकृत गर्ने ।
ज) अनावश्यक ज्यालादारी कर्मचारीहरुलाई हटाउने ।
झ) आयोजनाको निति र आयोजना निर्देशकले वेला वेलामा दिएको कार्यालय आदेशको पालना गराउने ।