आर्थिक प्रशासन शाखा

यस शाखाले गर्नुपर्ने कामको प्रकार तपसिल बमोजिम रहेका छन्

क) बार्षिक बजेट आयोजना निर्देशक संग छलफल र समन्वय गरी सवै डिभिजन, सवडिभिजनमा बांडफाड गर्ने ।
ख) डिभिजन प्रमुख संग चौमासिक बजेट खर्च संकलन गर्ने, विनियोजित बजेट संग भिडाई घटि बढिमा सोही अनुसार आदेश दिने ।
ग) बजेट निकाशा, रकमान्तर व्यवस्था गर्ने, बेरुजु फछर्योट गराउने, जनाफ तयार गर्ने गराउने ।
घ) हरेक सवडिभिजनको खर्च अद्यावधिक राख्न लगाउने ।
ड.) बिनियोजित बजेट भित्र कार्यक्रम समाप्त गराउन बजेट सम्बन्धि मिटिंग राख्ने ।
च) आफ्ना मातहतका कर्मचारीहरुलाई प्रष्ट जिम्मेवारी दिने, आर्थिक प्रशासन चलाउने ।
छ) श्रेष्ता अडिट गराउने साथै प्रचलिन ऐन, नियमको परिधि भित्र रही गर्नुपर्ने सवै काम गर्ने ।
ज) पेन्डिंग विल माथि तुरुन्त कारवाही चलाउने ।
झ) आयोजना निर्देशकलाई आवश्यक आर्थिक राय दिने, तरिकावद्ध श्रेष्ता राख्न लगाउने ।
ञ) प्रचलिन ऐन, नियम संग मेल नखाने काम कारवाही कडाइका साथ रोक्न लगाउने ।
ट) हाजिर नभई गयलमा पर्ने लेखामा कर्मचारीहरुलाई कारवाही उठाउने ।
ठ) आर्थिक शाखालाई चाहिने सामानहरु मैज्दातवाट दिन स्वीकृत गर्ने ।
ड) आर्थिक प्रशासन शाखामा प्रयोग गरिने सवारी साधन र अन्य प्रयोजनार्थ कुपन काटने ।
ढ) लेखा संग अन्य आवश्यक कार्यहरु गर्न लगाउने ।