मुख्य समस्याहरु

  • कोशी नदीको वेड लेभल होचिदै जांदा हिउंद तथा सूख्खा याममा पानीको सतह घटने र नदीको वहाव पनि इन्टेकको विपरित किनारा तर्फवाट बग्ने गरेको हूदां नहरमा आवश्यक्ता अनूसार पानीको परिमाण लैजान कठीनाई परि रहेको छ । यसका लागि कोशी नदीमा आवश्यक्तानूसारको सतह कायम गर्न ब्यारेज निर्माण गर्नूपर्ने ।
  • तेश्रो चरणमा रहेको वांकी कमाण्ड क्षेत्रको विकास तथा विस्तार नहुदा आवश्यकता अनुरुप कृषियोग्य जमिनमा पानी संचालन गर्न नसकिएको ।
  • मूल नहरका मूख्य संरचनाहरुको life period सकिएकाले पुनः निर्माण तथा पूनस्र्थापना गर्नूपर्ने ।
  • मिति २०७४ श्रावण महिनामा आएको भिषण बर्षाद पछिको बाढीले लोहन्द्रा खोलामा रहेको १६० मी लामो साईफन तथा व्रिज पूर्णरुपमा क्षति पुर्याउदा लोहन्द्रा पूर्वको १३,३०० हे.जमिनमा सिंचाइ सेवा उपलव्ध गराउन नसकिएको ।